नेपालको संविधान जारी भए पछि संविधानले परिकल्पना गरेकाे संघियताको मर्म अनुरुप गण्डकी प्रदेश स्थापना भए पश्चात नेपालकाे संविधानको धारा ५७ र अनुसुची ६ ले दिएको अधिकारको प्रयोग गरी विभिन्न मन्त्रालयहरु र विषयगत कार्यालयहरु स्थापना गरी कार्यसम्पादन गर्दै जाने क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गण्डकी प्रदेश पोखराको मिति २०७७/०२/२५ गतेको निर्णयअनुसार भौतिक पूर्वाधार विकास मन्त्रालय,गण्डकी प्रदेशको संगठन र व्यवस्थापन सर्वेक्षण स्वीकृत गरी बागलुङ जिल्लामा स्थापना भएको यस पूर्वाधार विकास कार्यालय बागलुङ विधिवत रुपमा मिति २०७७/०५/०८ गतेदेखि संचालनमा आएको हो । बागलुङ जिल्ला भित्रका १० स्थानीय तहहरु कार्यक्षेत्र भएको यस कार्यालयले विशेष गरी जिल्लामा मोेटरबाटो, मोटरेवल पुल र झोलुङ्गे पुल निर्माण सम्वन्धी कार्य गर्ने गर्दछ । यसका साथै साविकका शहरी विकास तथा भवन कार्यालयले सम्पादन गर्दै आएको भवन निर्माण तथा मर्मत र जनता आवास लगायतका आवास ईकाईहरु जस्ता निर्माण कार्यलाई समेत निरन्तरता दिने कार्यालयको उद्देश्य हो । पूर्वाधार विकास कार्यालय, बागलुङ साविकको शहरी विकास तथा भवन कार्यालय, बागलुङ रहेको स्थान, बागलुङ नगरपालिका वडा नं. २ समिक्षालयटोलमा अवस्थित छ ।
समग्रमा, पूर्वाधार विकास कार्यालय, बागलुङ्गले प्रवाह गर्ने सेवाका क्षेत्रहरु निम्न अनुसार रहेका छन ।
१. प्रादेशिक सडकहरुको निर्माण, स्तरोन्नती तथा मर्मत सम्भार:
प्रादेशिक सडकहरुको निर्माण, स्तरोन्नती तथा मर्मत सम्भार सम्वन्धी कार्यको लागि पूर्वाधार विकास कार्यालय, बागलुङ्ग अन्तर्गत तल उल्लेखित कार्यक्रमहरु संचालनमा रहेका छन ।
२. प्रादेशिक सडकहरुमा सडकपुल निर्माण गर्ने कार्य
३. झोलुङ्गेपुलहरुको निर्माण कार्य
४. भवन, आवास तथा शहरी विकास सम्वन्धी कार्यहरु
५. अन्य प्राविधिक सहयोग तथा परामर्श सम्वन्धी कार्यहरु
© सर्वाधिकार सुरक्षित पूर्वाधार विकास कार्यालय, बाग्लुङ्ग
Powered By: ProActive Developers